काठमाडौं । प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने चर्को दबावमा पर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझदेखि सन्तोषको सास फेरेका छन् । आगामी चैतमा गर्ने भनिएको महाधिवेशन मंसिरमै गरौं भन्ने ओलीको प्रस्तावपछि ९ सदस्यीय सचिवालयमा उनको पक्षमा बहुमत जुटेको ओली निकट नेताहरुको दाबी छ ।
आफ्ना गल्ती कमजोरीप्रति सबैले आत्मालोचना गरौं र मंसिरमै महाधिवशेन गरौं भन्ने ओलीको प्रस्तावलाई प्रचण्ड, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादलले स्वागत गरेका छन् भने माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन हुनेमा आशंका प्रकट गरेका छन् । तर, यसबारे सचिवालयले औपचारिक निर्णय नै गरिसकेको छैन ।
Views: 33