२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कैलालीमा ट्राफिक प्रहरीको लागि ‘गोप्रो’ क्यामरा

धनगढी – सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? वा अरु कुनै गल्ती गर्दै हुनुहुन्छ सावधान ! तपाईंको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ । भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ ।

लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोप्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका निमित प्रमुख एवम नायव निरीक्षक मोहन सिह धामीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले गोप्रो क्यामेरा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमा पहिल्लो पटक कैलालीमा गोप्रो क्यामेरा सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाइएको छ । ट्राफिक प्रहरी र नगरिक बिच भइरहेको सम्पुर्ण विषय यसमा रेकर्ड हुने छ ।

कुनै पनि विषयमा विवाद भए वा कुनै आरोप लागे त्यसको सत्य तथ्य बुझ्न क्यामेराले मद्धत गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका निमित प्रमुख धामीले बताए । स्थानीय तहहरु सँगको समन्वयमा अझै प्रभावकारी बनाउने उनले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।