२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

पुर्वा नेपालीको छोरालाई उपचार देखी दुधका लागि भैसि किनेर सहयोग

बुढिनन्दा नगरपालिका १ बस्ने ४२ बर्षिय पुर्वा नेपालीको छोरालाई उपचार देखी दुधका लागि भैसि किनेर सहयोग गरेका छन् ।

सहयोग बडिमालिका खबरको समन्वय, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, समाजसेवी जाङ्गु शेर्पा, बिदेशी नागरिक Margarita Parrish Serrano आर्थिक सहयोगमा गरिएको थियो ।

पुर्वा नेपालीको २ महिनाको छोरा कुपोषण चपेटामा परेको थियो । उनको छोरालाई असार महिनामा जिल्ला अस्पताल बाजुरामा ल्याएर उपचार गरिएको थियो । उपचार पछि उनका छोरालाइ नियमित ल्याक्टोजिन दुध किनेर सहयोग गरिएको थियो । ६ महिनामा भैसीको दुध बच्चालाई खुवाउन मिल्ने भएपछि ५५ हजारको भैसी किनेर सहयोग गरेको बुढिनन्दा १ का वडा अध्यक्ष नृप खत्रिले वताएका छन् । पुर्वाको छोरालाइ उपचार देखी दुधमा मात्र सहयोग नभई उनको परिवारलाइ खाद्यन्न, लुगाकपडा र भाडाकुडा सहयोग गरिएको थियो ।

पुर्वाको घरमा चरम खाद्यन्न संकट र छोरा कुपोषण बाट उपचार अभाबमा तडपिरहेको नागरिक समाजका अगुवा जनेश भण्डारीले बडिमालिका खबरलाइ जानकारी गरेपछि पुर्वाको बच्चा र परिवारलाई सहयोग गरिएको थियो । बच्चाको उपचारमा जिल्ला अस्पताल बाजुराले समेत सहयोग गरेको थियो ।

८ पोका ल्याक्टोजिन दुध पिसवीन बाजुरा अन्तर्गत सम्भब परियोजनाले समेत सहयोग गरिएको थियो । १३ सन्तान जन्माएकि पुर्वाका हाल ७ जना बच्चा जिवित रहेका छन् । गरिब र दलित परिवार रहेको पुर्वालाइ दैनिक खाद्यन्न जोहो गर्न निकै समस्या भएको थियो । पुर्वाको साथमा ६ छोरी र ४ महिनाको १ छोरा छ ।

लकडाउँनमा काम गर्न नपाएर घरमा खाना पनि छैन । छोरा पनि बिरामी छ । उपचार गर्ने र दूध किन्ने पैसा थिएन् ।

बडिमालिका खबरको समन्वयमा उनको छोराको उपचार सँगै बच्चाका लागि ल्याक्टोजिन दुध र भैसी किनेर सहयोग गरिएको छ ।

                                                                                 बडीमालिका खबर बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।