२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

आइपिएल २०२० : तीन खेल खेलेको हैदरावादको पहिलो जित

यूएईकमा जारी इण्डियन प्रिमियर लिग (आइपियल) अन्तरगत जारी सिजनमा सनराईजर हैदरावदले पहिलो जित हााशिल गरेको छ । यस अघि दुई खेलमा  लगातार पराजित हुँदै अंक बिहीन हैदरावादले मंगलबार राती सम्पन्न खेलमा दिल्लि क्यापिटललाई पराजित गर्दै दुई अंक जोडेको छ ।

 अबुधाबीमा भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित ग¥यो । यो नतिजापछि हैदरावादले लगातार हारको क्रमलाई रोकेर पहिलो जित आत्मसात् गरेको छ । सुरुआती लगातार दुई खेल जितेको दिल्लीले भने पहिलो हारको सामना ग¥यो । अब प्रतियोगितामा सम्मिलित सबै आठ टिमले कम्तीमा एक जित र एक हार बेहोरेका छन् ।

 टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा चार विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । वार्नरले पहिलो विकेटका लागि जोनी बियरेस्टोसँग मिलेर ७७ रनको साझेदारी गरे ।

 वार्नरले ४५ र बियरेस्टोले ५३ रन बनाए । यस्तै इनिङ्सको अन्त्यतिर केन विलियम्सनले ४१ रन बनाए । जवाफी ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा सात विकेट गुमाएर १ सय ४७ रन बनायो ।

 दिल्लीले पनि खुलेर रन बनाउन संघर्ष गरेको थियो । उसका लागि शिखर धवनले बनाएको ३४ रन नै सर्वाधिक रह्यो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।