२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

सुदूरपश्चिममा ६ हजार १ सय १० जनाले कोरोना जिते

धनगढी- सुदूरपश्चिम प्रदेशमा हाल सम्म ६ हजार बढी कोरोना संक्रमित निको भएका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म ६ हजार एक सय १० जना निको भएका हुन ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म कैलालीका १ हजार ८ सय ७२, अछामका ९ सय ६९, डोटीका ९ सय ५१ र कञ्चनपुरका ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन ।

बाजुराका ४ सय ५१ जना, बझाङका ४ सय २२, बैतडीका ३ सय ३१, डडेल्धुराका ३ सय २१ र दार्चुलाका ५१ जना संक्रमित पनि डिस्चार्ज भएका छन । 

प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमित १ हजार २४ पुगेको छ । प्रदेशको कैलालीमा संक्रिय संक्रमित ५ सय १, डोटीमा १ सय ३६, बझाङमा १ सय १७, अछाममा ९७, बैतडी ८४, कंचनपुरमा ४७, दार्चुलामा ३० र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।

चार महिनाको अवधिमा सुदूरपश्चिमका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।