धनगढी : कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा शुक्रबार राती भएको मोटरसाईकल दुर्घटना हुँदा घाईते भएका २६ वर्षीया विष्णु रोकायाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो। शुक्रवार राती म २ प २५५१ नम्बरको मोटरसाईकल र साईकल ठोक्किदा रोकाया सहितका चार जना घाईते भएका थिए।
रोकाया साईकलको पछाडी सवार थिए। उनका उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
यस्तै दुर्घटनामा घाईते भएका पञ्चेश्वरका मोटरसाईकल चालक २८ वर्षीय सुरेन्द्र धामीको कोहलपुरमा उपचार भईरहेको छ भने पछाडी सवार उपचारपछि डिस्चार्ज भईसकेका छन्।
Views: 62