२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकाको शव आफन्तले बुझ्ने

बझाङ- बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी बालिका सम्झना कामीको  शव आफन्तले बुझ्ने भएका छन् ।

मंगलबार  पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र घटनाका बारेमा थप अनुसन्धान जारी राख्ने सहमति भएपछि परिवारले आज शव बुझ्ने निर्णय गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

सहमतिपछि पीडित पक्षले बालिकाको हत्या भएको एक हप्तापछि शव बुझ्न राजी भएका हुन् । बालिकाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का १८ वर्षका राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बालिकाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।