२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

निर्मला पन्त ह’त्या काण्डमा निलम्बित प्रहरी अधिकारीहरुलाई काममा फर्काइने

काठमाडौं । निर्मला हत्या प्रकरणमा निलम्बनमा परेका प्रहरी अधिकारीहरु फुकुवामा पर्ने भएका छन् । कानुनअनुसार निलम्बित प्रहरीहरुलाई काममा फर्किने बाटो खुलेसँगै उनीहरु पुकुवामा पर्ने भएका हुन ।

गत बिहीबार बसेको मन्त्री परिषद्ले प्रहरी नियमावलीको आठौं संशोधन स्वीकृत गरेसँगै उनीहरुको काममा फर्किने बाटो खुलेको हो । पहिलेको प्रहरी नियामावालीमा प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो । तर अहिले संशोधन गर्दा अन्तिम किनारा भन्ने शब्द हटाइएकाले कानुनत उनीहरु काममा फर्किने बाटो खुलेको हो ।

योसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या काण्डमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउन तयारी छ । २ बर्षअघि निर्मला हत्या काण्डमा आधा दर्जनभन्दा बढी प्रहरी अधिकारीहरु निलम्बनमा परेका थिए ।

जसमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी, तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।