देब साँउद/धनगढी- सुदुरपश्चिममा बलत्कार तथा योन हिंशा बढ्दै गैरहेका छन् । बालबालिका तथा महिलाहरु डरत्रासका बिच रहेका छन् ।



बलत्कार तथा योन हिंशा आफ्नै परिवारका सदस्यहरु तथा छिमेकीबाट भैरहेका छन् । २०७७ असोज ७ गते बझाङमा १२ बर्षिय बालिकाको बलत्कार पछी हत्या गरियो ।
उक्त घटनाका दोषीलाई छिट्टै कानुनी सजाय दिई पिडित बालिकालाई न्यायको माग गर्दै नगर बाल संजाल धनगढीले सुदुर पश्चिम प्रदेश मुख्य मन्त्री कार्यालय अगाडि शान्ति पूर्ण विरोध प्रदर्शन गरेको छ ।
बझाङमा १२ बर्षिय बालिकाका घटना ,निर्मला पन्त लगायत बालबालिका तथा महिला मा हुँदै आइरहेको घटना को सत्य तथ्य छानबिन , दोषी लाई कडा भन्दा कडा सजाय को माग तथा पीडित लाई न्याय को माग तथा अब का दिन मा यस्ता घटना हुन न दिन सरकारी तवर बाट हुने कार्य प्रवभकरि बनाउन सम्पूर्ण तह लाई सचेत गराउदै नगर बाल संजाल धनगढीले विरोध प्रदर्शन गरेका हुन् ।
बाल संजालले बालबालिकाको हक हित को लागि सदै अग्रसर रहने बाल संजालका अधक्ष्य विजय राज जोशीले बताए । उनले भने” बाल हिंसा, बाल शोषण विरुद्ध सदैव बुलन्द आवाज उठादै आएको र आगामी दिमहरुमा पनि बाल संजाल बालबालिकाको हक हितको अग्रसर रहने बताएका छन् ।
यस्तै भोलि पनि विरोध कार्यक्रम लाई निरन्तरता दिने हुँदा सम्पूर्ण न्याय प्रेमी मनहरु लाई भोलि ठीक ४ बजे धनगढी चौराहा उपस्थित हुन् बाल संजालले अनुरोध गरेको छ ।

























