कञ्चनपुर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश कुमार के.सीको सरुवा भएको छ । कञ्चनपुरमा १४ महिना कार्यकाल पछि लागुऔषध नियन्त्रण ब्युरो नेपालगंज उनको सरुवा भएको हो ।



विना लाइसेन्स अटो रिक्सा सञ्चालन, सडकमा क्षमता भन्दा बढी सवारी साधन चल्नु, भित्री सडक बाटाहरूको कम प्रयोग हुनु, ट्राफिक नियम सम्बन्धी ज्ञान नहुनु र हुनेले पालना नगर्नु कञ्चनपुरमा ट्राफिक व्यवस्थापनका चुनौती रहेको प्रहरी निरीक्षक उनको भनाई छ ।
उनले कञ्चनपुरमा काम गर्दा विभिन्न संघसंस्था, स्थानीय निकाय, प्रहरी कर्मचारी, पत्रकार र स्थानीयको साथ सहयोग मिलेको भन्दै सबैलाई धन्यवाद व्यक्त गरे ।
उनलाई सुदूरपश्चिम ट्राफिक कार्यालयका प्रमूख प्रहरी उपरीक्षक बामदेव गौतमले आगामी कार्यकालको सफलताको कामनाका दिदैं विदाई गरेका हुन ।
Views: 164

























