२०८१ कार्तिक २७ मंगलवार
२०८१ कार्तिक २७ मंगलवार

कैलालीमा आफ्नै दुई छोरी बलात्कार गरेको घटनाप्रति बाल सञ्जालको गम्भीर ध्यानाकर्षण

कैलाली । कैलालीमा आफ्नै दुई छोरी बलात्कार गरेको घटनाप्रति नगर स्तरीय बाल सञ्जाल घोडाघोडी गम्भीर ध्यानाकर्षण भएको छ । १४ र १६ वर्षीय दुई किशोरी माथि आफ्नै बाबुले बलात्कार गरेर फरार रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडमा शनिवार बिहानै घटना पुगेपनी प्रहरीले संरक्षक नभएको भन्दै मुद्दा दर्ता नगराएको र आरोपित व्यक्ती शनिवार साँझ सम्म पनि फरार रहेकोले इलाका प्रहरी कार्यालय सुखड प्रति पनि घोर आपत्ति जनाइएको छ ।

यस्तो दयनिय  प्रवृत्तिलाई हरेक बालबालिका र सिङ्गो मुलुकले नै तिरस्कार गर्दै घटनाको सत्य, तथ्य छानबिन गरी उक्त घटनामा संलग्न अपराधीलाई हदैसम्मको कानुनी कार्वाहीका लागी प्रहरी प्रशासन, न्यायलय र सरकार सँग नगर स्तरीय बाल सञ्जाल घोडाघोडीले जोडदार माग गर्दछ भनी विज्ञप्ति मार्फत भनिएको छ ।

साथै पीडित किशोरीहरू लाई उचित न्याय, क्षतपिूर्ती, स्वास्थ्य परीक्षण, उनको सामाजिक सुरक्षा, मनोसामाजिक परामर्श र उनको सम्मानमा विशेष ध्यान दिन पनि सम्बन्धित निकाय समक्ष नगर स्तरीय बाल सञ्जाल घोडाघोडीले अनुरोध गरेको छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।