धनगढी उपमहानगरपालिकामा आज थप १३ जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका १३ जनामा संक्रमण पुष्टि भएको हो।



अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–२ मा १, वडा नम्बर ३ मा ८ जना, वडा नम्बर ५ का २, वडा नम्बर ८ मा १ जना र एक जनाको ठेगाना नखुलेकामा कोरोना पुष्टि भएको छ ।
Views: 130

























