नेपालमा पछिल्लो २४ घण्टायता १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७६हजार २सय ५८ पुगेको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७३१ छ भने यससँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५५हजार ३सय ७१ पुगेको छ।
हाल मुलुकमा २०हजार३सय ९६ जना कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये ९६८९ जना संगस्थागत र १०हजार ७सय ७ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १०हजार८सय ९१ वटा पीसीआर परीक्षण भएको छ। क्वारेन्टिनमा ५हजार ७सय ७८ जना रहेका छन्।
हाल २१३ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
Views: 138

























