२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

नेकपा गन्यापधुरा गाउ कमिटिले बुझायाे ज्ञापनपत्र

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरामा रहेकाे गन्यापधुरा गाउँपालिका लाई अाज बिहान नेकपा गन्यापधुरा गाउँ कमिटिले निम्न माग सहित गाउँपालिका अध्यक्ष नबल मल्ल लाई ज्ञापन पत्र बुझाएकाे छ ।

मागहरु –
१- कोरोना भाईरस (कोभिड –१९) शीर्षक अन्र्तगत गाउ कार्यपालिका तथा ५ वटै वडा बाट भएका राहत वितरण, क्वारिनटिन व्यवस्थापन,स्वास्थ्य सामग्री खरिद, क्वारिनटिनमा बस्ने व्यक्तिहरुको नामावली विवरण र यातायात व्यवस्थापनमा भएको खर्चहरुको यर्थात विवरण राजनीतिक पार्टी तथा सरोकारवालाहरुको सहभागितामा सार्वजनिक गरि बिवरण उपलब्ध गराईयोस ।
२- गा.पा. तथा वडा अन्र्तगत प्राकृतिक श्रोत साधनहरुको रोयल्टी तथा नियमित राजश्व संकलन कार्यमा भैरहेको अपारदर्शीे एवं पक्षपातपुर्ण कार्यलाई निरुत्साहित गरी समय सान्दर्भिक प्रविधि(अनलाईन बील भुक्तानी) प्रयोग गरी सवै वडाको नेटवर्क मार्फत दैनिक गा.पा.को लेखाप्रणालीमा अभिलेखहरु रुजु हुने व्यवस्था गरियोस ।
३- आ.व २०७६।०७७ मा गन्यापधुरा गा.पा.अन्र्तगत सम्पन्न भएका योजनाहरुको स्थानिय राजनीतिक पार्टी तथा सरोकारवालाहरु संग बार्षिक समिक्षा तथा सामाजिक लेखापरिक्षण समेत नगरी अपारदर्शी तरिकाले फरक फारक गरिएको हुदा सम्पन्न भएका र भुक्तानी भएका तथा नभएका योजनाहरुको प्रगति विवरण उपलब्ध गराईयोस ।
४- आ.व.२०७७।०७८को बार्षिक कार्यक्रम तयार गर्दा राजनीतिक पार्टी तथा सरोकारवालाहरुको सहभागिता तथा परामर्श समेत नगरीएको हुदा गन्यापधुरा गा.पा.बाट आ.व.२०७७।०७८को बिनियोजित
।योजनाहरुको विवरण उपलब्ध गराईयोस ।
५- कोभिड –१९ को महामारीका कारणले स्वदेश तथा बिदेश बाट रोजगारी गुमाएर फर्किएका हजारौ युवाहरुको स्थानिय स्तरमै बैकल्पिक रोजगारीका अवसर सृजना हुने आय आर्जनका कार्यक्रमहरु संचालन गरियोस ।
६- गा.पा. तथा बिभिन्न निकायहरु बाट प्राप्त अवसर तथा सेवाहरु प्रवाह गर्ने सन्र्दभमा जनताहरुलाई क्षेत्रगत तथा राजनैतिक पुर्वाग्रहपुर्ण व्यवहार बन्द गरी सबै जनतालार्ई समानताको व्यवहार अपनाई सेवा तथा अवसर हरु पूर्ण पारदर्शी बनाईयोस ।
७- समाजिक बिकृतिको रुपमा रहेको मदिरालाई व्यवस्थित रुपमा संचालन गर्न नियमन गरियोस ।
८- लक्षित बर्ग अन्र्तगतका कार्यक्रमहरु संचालन गर्दा अपारदर्शी तरिकाले मापदण्ड बिपरित भएको हुदा सोकोे खर्च विवरण सम्वन्धित सरोकारवालाहरुको सहभागितामा सार्वजनिक गरी खर्च विवरण उपलब्ध गराईयोस ।
९- गाउँपालिका र हाम्रो पार्टीका बीचमा भएको बिगतको समझदारीलाई कार्यान्वयन गरियोस ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।