जय ऐर/कंचनपुर-कंचनपुरकाे शुक्लाफाँटा नगरपालिकामा राेगप्रतिरोधात्मक क्षमता वढायर काेराेनासंग जुध्न नियमित याेग कक्षा शुरू भएकाेछ।पतंजलि याेग समिति शुक्लाफाँटाले झलारिकाे आयुर्वेदिक अाैषधालयमा याेग प्रयायाम विहिवारवाट संचालन गरेकाेहाे।



शुक्लाफाँटा नगरपालिकाका युवा देखि वृद्धसम्मलाई काेराेना संग जुध्न उनिहरूकाे राेगप्रतिरोधात्मक क्षमता वढाउन विहान ५वजेदेखि ७ वजेसम्म दिनहु याेग प्रयायाम चलिरहेको छ।काेराेना कहरका कारण केही समय बन्द गर्नुपरेको याेग पुनह:स्वास्थ्यका मापदण्ड सामाजिक दुरि कायमगरि निशुल्क रूपमा याेगकक्षा संचालन भईरहेकाे युवा याेग प्रभारी केशवराज पनेरुले वताए।
उनलेभने हरेकदिन दुई घण्टा याेग प्रयायाम र ध्यान गरिन्छ।यसले राेगप्रतिरोधात्मक शक्ति वलियाे वनाई काेराेना संग लड्न सहयाेग पुग्ने वताए।याेगले सधैभरि स्वस्थ्य र निराेगिभई वाच्न सघाउने भएकाले याेगलाई घर घरमा पु-याई जिवनशैलिका रूपमा अपनाउनु पर्ने पनेरुले वताए।पतंजलि याेग समिति शुक्लाफाँटाका नगर अध्यक्ष केशव दत्त अवस्थिले याेगले हाम्रा शरिका असंख्य काेषलाई स्वस्थ राख्न मद्दत गर्दछ।
राेगकाे संक्रमण संग हाम्रो काेषले लड्ने हाे।महाकाली अंञ्चल अस्पतालका पुर्व स्वास्थ्यकर्मी समेतरहेका अवस्थिलेभने काेषलाई लड्न याेगवाट प्राणवायु अक्सिजनकाेमात्रा वढाउछ।यसले निमाेनिया लगायत श्वासप्रस्वास सम्वन्धि राेगवाट जाेगाउन प्रभावकारि भुमिका खेल्ने भएकाले काेराेनासंग जुध्न याेग अनिवार्य भएकाे अध्यक्ष अवस्थिले वताए। पतंजलि याेग समिति शुक्लाफाँटाका महाँमन्त्रि केपि पाण्डेयले याेग प्रयायाम र ध्यानले मानसिक रूपमा मान्छेलाई वलियाे वनाउने हुदा तनाव व्यवस्थापन हुदा समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।
काेभिड१९ का कारण समुदायमा मानसिक तनाव समस्याका रूपमा देखिएकाले मानसिक तनावले राेगप्रतिरोधात्मक क्षमतामा कमि ल्याउनुका साथै शारीरिक समस्या उत्पन्न हुनेहुदा अात्महत्या,वलात्कार,चेारि र डिपरेशनका धटना दिनप्रतिदिन वढिरहेकाे महामन्त्री पाण्डेयले जनाए।
प्राचिन कालदेखिनै हाम्रा पुर्वजहरूले विभिन्न राेग व्याधि तनाववाट मुक्तिका लागि याेग साधना प्रायायाम ध्यान संगै आयुर्वेदिक जडिबुटीवाट पनि अाफु र अाफनाे समाजलाई स्वस्थ्य र निराेगि वनाउन पहल गरेकाे ईतिहास ताजै रहेकाे उनकाे भनाई रहेकाे थियाे।

























