२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कृष्णपुर नगरपालिकाले ट्रेक्टर व्यवसायी तथा किसानहरुको माग सम्बोधन नगरेको भन्दै प्रेस विज्ञप्ती जारी

कृष्णपुर – प्रेस विज्ञप्तीमा लेखेको जानकारी

कञ्चनपुर कृष्णपुर नगरपालिका पटक पटक बिवादमा आउने कुरा जनस्तरमा सर्वविदितै छ । यसपटक पनि केही दिन देखि लगातार यस नगरपालिका अन्तर्गतका ट्रेक्टर व्यवसायी तथा किसान हरु ले गरे को आन्दोलन र उहाँ का माग प्रति नगरपालिका गम्भीर नभएको हाम्रो ध्यान आकर्षण भएको छ। गत असोज ९ गते देखि निरन्तर रुपमा आन्दोलन किसान हरु का माग हरु हुबहु सम्बोधन गर्नु को साटो दिनानुदिन समय टार्ने गरी अल्मल्याउने काम भएको मा हाम्रो घोर आपत्ति छ ।

नगरपालिका ले विधि प्रक्रिया नपुर्याइ मिलेमतो का भर मा ठेक्का अगाडि बढाई ठूलो भ्रष्टाचार गरेको हाम्रो आशंका छ। आथिर्क प्रलोभन परि प्रकिया मिचि सडक सेवा शुल्क सम्बन्धित गरेको ठक्कर प्रकिया तत्काल खारेज गर्न जोडदार माग गर्दछौं।

लोकतान्त्रिक समाजवाद का लागि कयौ बिरशहिदहरु को बलिदान बनेको हाम्रो पार्टी नेपाली कांग्रेस जहिले पनि किसान र जनताका साथमा रहेको र किसान का हकहित का पक्ष मा आवाज उठाउनु हाम्रो प्रमुख उद्देश्य भएको सम्पुर्ण नागरिक समाज किसान पेशा व्यवसायी उधोगी व्यापारी तथा सरोकारवाला यसै विज्ञप्ति मार्फत प्रतिबद्धता जाहेर गर्दछौं।

अन्तमा गत असोज ९ गते देखि चलिरहेको आन्दोलन पनि गम्भीर भईदिनु प्रहरी प्रशासन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गर्दै कृष्णपुर नगरपालिका तत्काल किसान का माग हरु सम्बोधन नगर नेपाली कांग्रेस कडा आन्दोलन मा उत्तिन बाध्य हुने समेत चेतावनी दिन चाहन्छौ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।