सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका १ की ६३ बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।



उनी असोज ७ गते अस्पताल भर्ना भएकी थिइन् । १० गते उनीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। उनको आज दिउसो ३स:२०मा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
जटील अवस्थामा रहेकी उनमा दमखोकी लगायत फोक्सोमा समस्या रहेको अस्पतालले जनाएको हो ।
Views: 184

























