कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ। सोमवार सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा रहेकी धनगढी उपमहानगरपालिका वडा नम्वर १ की ६३ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भए सगै सो संख्या पुगेको हो ।



अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ति महिलालाई असोज १० गते कोरोना पुष्टि भएको थियो । ती महिलामा स्वासप्रश्वास सम्बन्धि समस्या रहेको उनले बताए । ७ गतेदेखि उपचार भईरहेकोमा उनको सोमवनर आज मृत्यु भएको हो।
Views: 228

























