२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

भागेश्वर गाउँपालिकाकाे रुपालिगाडमा सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट स्थापना ।

डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका वडा नं. १ रुपालीगाडको सेल्टुणामा सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट रुपालिगाडको स्थापना गरिएको छ ।
सिमा सुरक्षा र सिमा स्तम्भहरुको संरक्षण र सिमामा हुने अवराधीक गतिवितिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक हरी शंकर बुढाथोकीले बताउनुभयो । उहाँले राज्यले संगठनलाई दिएको सिमा सुरक्षाको जिम्मेवारी गहनरुपमा बहन गर्न पोष्टमा बस्ने प्रहरीलाई निर्देशन समेत दिनुभएको छ ।

भागेश्वर गाउपालिका वडा नं. १ सेल्टुणामा सोमबार बाहिनीपति बुढाथोकी र भागेश्वर गाउपालिका अध्यक्ष कौशील्ला भट्टले संयुक्त रुपमा पोष्ट स्थापनाको उदघाटन गरेका छन् ।

डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नं. ५ परीगाउँ,परशुराम वडा नं. ३ शिर्ष, वडा नं. ७ साँदनीमा यो भन्दा पहिले नै स्थापना भएका थिए भने सोमबार भागेश्वर गाउपालिका वडा नं. १ सेल्टुणामा थप एउटा बोर्डर आउट पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल,नेपाल नं. ५२ गुल्म हेडक्वाटर डडेल्धुराका गुल्मपति सन्तोष भट्टले बताएका छन् । उनले भने डडेल्धुरा जिल्लाका विभिन्न क्षेत्रमा ५ वटा विओपी स्थापना गर्ने निर्णय भएको र ४ वटा स्थापना गरी सकेको छौ असोज ७ गते परशुराम नगरपालिका वडा नं ६ तातोपानीमा पाचौँ विओपी स्थापना गर्ने तयारी भईरहेको छ ।

भागेश्वरको सेल्टुणामा बोर्डर आउट पोष्ट स्थापना भएसंगै सिमा क्षेत्रमा बस्ने मानिसहरुको ज्यान सुरक्षा हुने र सिमा क्षेत्रमा हुने विभिन्न अपराध,भन्सार छली, तस्करी नियन्त्रण तथा राष्ट्रिय सिमाहरुको सुरक्षा हुने भागेश्वर गाउपालिका अध्यक्ष कौशील्ला भट्टको भनाई रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।