डडेल्धुरा — भगेश्वर गाउपालिकाले गत भदौ महिनामा आलु बिउ मागका लागि आवेदन माग गरेको थियो ।
किसानहरुले मागेका अनुसारको प्रकिया पुरा गरि व्यक्तिगत र समुह मार्फत आलु बिउ माग गरेका थिए । कृषि शाखाले गाउपालकिका का ५ वडामा आलु बिउ बितरण गरसिकेको छ ।



करिब पाँच सय क्विन््रटल माग भए पनि कृषि शाखाले भने दुई सय छत्तीस क्वीन्टल मात्र बितरण गरेको भागेश्वर कृषि शाखा प्रमुख देव सिं बिष्टले जानकारी दिनुभएको छ ।
बिष्टका अन’सार गाउपालिकाको रु पाच लाख रकम बाट ११८ क्निटल , पकेट परियोजना बाट ११८ क्न्टिल वितरण गरेको र माग यस पटक बढी आएकाले र रकम कम भएकाले माग अनुसारको बिउ दिनु नसकेको बताए । तर यता किसानहरु भने निकै निरास बनेका छन् ।
आफुले जमिन आलु लगाउन’का लागि तयार पारिसकेको र अब यो समयमा आएर बिउ नपाउदा निकै निरास भएको भागेश्वर ४ का कृषक प्रेम ओडले ग’नासो गरेका छन् ।

























