दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिले राजमार्ग क्षेत्र तथा गाउँमा छाडा छोडेका पशुचौपायाको संरक्षण गर्ने भएकाे छ ।
गाउँपालिकाकाे तिन लाख लगानीमा एक संरक्षण भवन निमार्ण गरि छाडा गाईबस्तुलाई त्यहाँ राखेको गाउँपालिकाले जनाएको छ । छाडा गाइ सुरक्षाका लागि गाउँपालिकाले गन्यापताल लेकमा करिब २ सय १५ गाइ बस्न सक्ने क्षमताको गोठ निर्माण गरेको छ।

परापुर्ब कालदेखि मानव ईतिहास मा धार्मिक रुप मा जोडिएका र जीवन सहजताका लागि कृषि खेतिपाती र आर्थिक ब्यबस्थापनमा गाईको महत्व छ । हाम्रो धर्म संस्कृतिले पनि गाई माताको रुपमा मानिन्छ ।
आज आधुनिक संसारमा गाईको अपमान गरि जताततै छाडा छोडिदिने गरेकाले गाईको संरक्षणमा गाउँपालिका जुडेको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्ले बताए ।

गन्यापताल क्षेत्र संग डोटीको शिखर नगरपालिका र जोरायल गाउपालिकाको सिमा जोडिएको छ । शिखर नगरपालिका र जोरायल गाउँ पालिका लाई पनि गोठ निर्माणका लागी आग्रह गरेको अध्यक्ष मल्लले बताए ।
निर्माण गरिएको गोठमा हाल सवा एक सय जति गाईहरु आफै आई बाँस बस्छन । आगामी दिनमा अझै यस्ता गोठ निर्माण गरि पसु चौपायाको बाँच्ने हकको पनि संरक्षण गर्ने योजनामा गाउँ पालिका रहेको उनले बताए ।





Views: 141




























