सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघेको हो ।
आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, महाकाली अस्पतालबाट ८ जना, कञ्चनपुरका चार र दार्चुलाका तीन जना संक्रमित डिस्चार्ज भएका छन् ।



यो सँगै प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको छ । सबैभन्दा बढि कैलालीमा एक हजार आठ सय ३५ जना डिस्चार्ज भएका छन्।
यस्तै अछामका नौ सय २४, कञ्चनपुरका सात सय ४१, डोटीका नौ सय ४७, बझाङका चार सय २२, बाजुराका चार सय ५१, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ ।
Views: 170

























