डडेल्धुरा । अजयमेरुका एक स्थानियले छाडा गाई पालन गरी धुप बनाउने तयारी थालेका छन । अजयमेरु गाउपालिका–३ गुनपालका स्थानिय भान बहादुर मल्लले गाईको गोबर बाट धुप बनाउने तयारी गरेका हुन ।



गाईको गोबरमा ध्यु, तितेपाति लगायतका विभिन्न जडीबुटी प्रयोग गरी धुप बनाउन थालेको उनले बताए । व्यवसायिक रुपमा धुप उत्पादन गर्न स्थानिय सरकारको सहयोग आवश्यक भएको उनको भनाई छ ।
अहिले उनले १० वटा गाई पालेका छन । व्यवसायिक रुपमा धुप संगै गोबर ग्यास, गोबर र गड्यौला मल बनाउने योजना रहेको उनले बताए ।
हामि हिन्दु छौ । उनले भने, हिन्दु धर्मको मुल जड भनेको गौ माता हो । अहिले गाईहरुको बिजोग भईरहेको छ । गाईहरुको बिजोग देखे पछि गौ रक्षा गरि उत्पादनहरु बजारमा ल्याउने योजना अघि सारेको उनले बताए ।
यस अघि उनि भारतमा रोजगारी गर्थे । भारतमा काम गर्दा पनि उनि गौ क्रान्तिकारी मञ्चको सदस्य थिए । भारत बाट गत बर्ष घर फर्किएका मल्लले यहाँका सडक, वन सबै क्षेत्रमा गाई छोडेको देखे पछि आफुले पालन गरी उत्पादन बजारमा ल्याउने प्रयास थालेका छन ।
गाई लाई यति सम्म पनि भनेका छन । उनले भने, गाँवो विश्वस्व मातरम अर्थात गाई विश्वकी माता हुन । अहिले जगत जननि माता लाई घर बाट लखेट्ने प्रवृती मौलाएको छ । गाईको स्थिती नाजुक छ । यस कारण गाईको रक्षाका लागी पालन गरि उत्पादन बजारमा ल्याउदा रोजगारी पनि सिर्जना हुने उनले बताए ।
अहिले बजारको धुपमा बाँसको सिन्का प्रयोग गरिन्छ । बाँसको सिन्का मन्दिरमा जलाउन नमिल्ने हो । तर पनि हामिले प्रयोग गरिरहेको बताउदै उनले आफुले उत्पादन गर्ने धुप स्वच्छ र पवित्र हुने बताए ।

























