२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

सुदूरपश्चिममा संक्रमितको संख्या ७२०० सय नाघ्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार भन्दा बढि पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशभर हाल सम्म छ हजार नौ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार दुई सय नाघेको जनाएको छ। प्रदेशभर झण्डै ११ सय संक्रिय संक्रमित अथात एक्टिभ केस रहेका छन्।

सामाजिक विकास मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको तथ्याङक  अनुसार प्रदेशमा एक हजार ८५ जना संक्रिय संक्रमित छन्।

सबैभन्दा बढि कैलालीमा पाँच सय ३१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय ३०, डोटीमा एक सय ३८, बझाङमा एक सय १३, बैतडीमा ८०  जना संक्रिय संक्रमित रहेका छन्।

यस्तै दार्चुलामा ३५, कञ्चनपुरमा ४७ र डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेका छन्। बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या सून्य छ। यस्तै प्रदेशका पाँच हजार ८ सय ८३ जनाले कोरोना जितेका छन्।

सबैभन्दा बढि कैलालीका एक हजार सात सय ४७, डोटीका नौँ सय ४७, अछामका नौँ सय २४, कञ्चनपुरका सात सय २९, बाजुराका चार सय ५१, बझाङका तीन सय ८९, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४६ जनामा संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम शनिबार एकैदिन तीन जनाको मृत्यु भएसँगै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।