२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

सुदूरपश्चिममा ५हजार ८सय ८३ जना डिस्चार्ज

सुदूरपश्चिममा ५हजार ८सय ८३ जना डिस्चार्ज भएका छन् । शनिबार थप १० जना डिस्चार्ज भएका हुन्  । सेती प्रादेशीक अस्पतालबाट २ जना र  अछामबाट ८ जना गरि थप १० डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेशमा एक हजार ८५ जना संक्रिय संक्रमित छन् । जसमा सबैभन्दा बढि कैलालीमा पाँच सय ३१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय ३०, डोटीमा एक सय ३८, बझाङमा एक सय १३, बैतडीमा ८०  जना संक्रिय संक्रमित रहेका छन् । 
यस्तै दार्चुलामा ३५, कञ्चनपुरमा ४७ र सबै भन्दा कम संक्रिय संक्रमितका  डडेल्धुरामा ११ जना रहेका छन् । त्यस्तै केही दिन यता बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।
सुदूरपश्चिममा स्वास्थ्य निर्देशानयका अनुसार कोरोना संक्रमीतको संख्या ६ हजार ९सय ८२ पुगेको छ ।  

सबैभन्दा बढि कैलालीका एक हजार सात सय ४७, डोटीका नौं सय ४७, अछामका नौं सय २४, कञ्चनपुरका सात सय २९, बाजुराका चार सय ५१, बझाङका तीन सय ८९, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४६ जनामा संक्रमण पुष्टि भएको छ।
शनिबार सुदूरपश्चिमका चार कोरोना संक्रमीतकोे मृत्यु भएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।