काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
Views: 175

























