दिपकराज भट्ट /डडेल्धुरा – शुदुरपश्चिम प्रदेशको केन्द्रमा रहेको डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा न. ५ मा २०७१ सालमा स्थापना भएको ह्वाइट पार्क कलेजमा प्रि-डिप्लोमा तहमा भर्ना खुल्यो छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट सम्वन्धन प्राप्त यस कलेजमा प्रि-डिप्लोमा तहका १८ महिने सिभिल इन्जिनियरिङ्ग र कृषि बाली विज्ञान, पशु विज्ञान र अमिन कार्यक्रममा पढाइ हुन्छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट शैक्षिक सत्र २०७७/०७८ का लागी एस.इ.इ पास भएका विद्यार्थीहरुले यस कलेजमा भर्ना हुन पाउने छन । प्रि-डिप्लोमा तहका प्रत्येक कार्यक्रममा ४०/४० जनाको सिट संख्या हुन्छ ।
कलेजमा गत वर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल, दक्ष शिक्षक शिक्षिकाद्वारा अध्ययन अध्यापन गराईने, शिक्षण सामग्री तथा प्रयोगात्मक सामग्रीहरुको पूर्ण व्यवस्था भएको,उत्कृष्ट प्रयोगशालाको व्यवस्था भएको , अनलाईन पद्धतिबाट पठन पाठन गराईने, उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई विशेष छुटको व्यवस्था भएको, छात्रवृत्तिको व्यवस्था भएको पुस्तकालयको व्यवस्था भएको,कम्प्युटर ल्याबको व्यवस्था भएको,विद्यार्थीलाई शैक्षिक भ्रमण तथा प्रयोगात्मक भ्रमण गराईने, शान्त तथा रमणिय वातावरणमा पठन–पाठन गराईने र अनलाईन पद्धतिबाट पठनपाठन गराइने बिशेषता रहेको कलेजका प्रशासन प्रमुख चित्र पाण्डेयले जानकारी दिनुभएकाे छ ।
यस शैक्षिक सत्र २०७७। ०७८ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले आवेदन फाराम वितरण गर्ने मिति २०७७ भाद्र ३० गते बाट असोज १९ गते सम्म रहेको छ ।
यस बर्ष परिषद्ले प्रवेश परीक्षाको फाराम पाईने माध्यम परिषद्को वेभसाईट www.ctevt.org.np कलेजको Facebook page//:- white park collegभौतिक दुरी कायम गरी कलेज प्रशासन बाट प्राप्त गर्ने व्यावस्था गरेको छ ।
आवेदन फाराम दस्तुर शुल्क रु ५००/-मात्र तोकेको समेत प्रमुख पाण्डेयले बताउनु भयाे । कलेजमा प्रयाेगात्मक लागि कृषि बगैँचा , ल्याव रहेकाे र स्वतन्त्र ठाउमा शान्त वातावरण समेत रहेकाे छ ।
Views: 310




























