२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

डडेल्धुरामा अवैध काठसहित २ जना पक्राउ

डडेल्धुरा : डडेल्धुराको भित्र मधेसमा पर्ने परशुराम नगरपालिका ३ शीर्षबाट अवैध काठसहित २ जना पक्राउ परेका छन्। उनीहरूलाई सव डिभिजन वन कार्यालय परशुराम र प्रहरीको टोलीले शुक्रबार राति ११ बजे पक्राउ गरेको हो।

राति अवैध काट ओसारी रहेको ट्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको वन कार्यालय परशुराम जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए। उनका अनुसार चिरान गरेको सालको २५ थान कडी बरामद गरिएको हो।

‘बरामद गरिएको काठ अहिले हाम्रो कार्यालयमा सुरक्षित साथ राखेका छौँ।’ उनले भने,’नियन्त्रणमा लिइएका दुईजना इलाका प्रहरी कार्यालयमा हुनुहुन्छ। आज उहाँहरूलाई जिल्ला पठाउछौँ।’ अहिले मुचुल्का बनाउने काम भइरहेको उनले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।