२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

सुदूरपश्चिम ७४ जना संक्रमण मुक्त

कैलाली : सुदूरपश्चिम प्रदेशमा ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलालीका ५७, बाजुराका ९, कञ्चनपुरका ५, डोटीका दुई र बझाङका एक गरी ७४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो । योसँगै प्रदेशमा पाँच हजार ८ सय ५५ कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या ७ हजार ४० पुगेपनि प्रदेश स्वास्थ्य निर्देशनालयले भने कर्णाली प्रदेशमा भएको परीक्षणको अपडेट नगर्दा संक्रमितको संख्या ६ हजार ८ सय ३० पुगेको जनाएको छ ।

उनीहरुमध्ये १६ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा संक्रिय संक्रमितको संख्या नौँ सय ६२ रहेको छ ।

सबैभन्दा बढी कैलालीमा ४ सय ७६, डोटीमा १ सय ३२, अछाममा १ सय, बझाङमा ९५, बैतडीमा ७९, कञ्चनपुरमा ३३, दार्चुलामा ३१, डडेल्धुरामा १६ जना संक्रिय संक्रमित रहेका छन र बाजुरामा हाल संक्रमितको संख्या शुन्य रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।