२०८३ कार्तिक २२ शनिबार
२०८३ कार्तिक २२ शनिबार

डोटीमा टेलिकमको एफटिटीएच सेवा सुरु

डोटी– डोटीमा पहिलोपटक नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा सुरु भएको छ। एफटिटीएच सेवा सुरु भएसँगै ग्राहकको संख्या पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ।

सेवा सुरु भएसँगै सिलगढीमा हालसम्म १ सय ७८ तथा पिपल्ला र राजपुर बजारमा २ सय ५४ गरी कूल ४ सय ३२ ग्राहकले एफटिटीएच सेवा जडान गरिएको छ। यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य सुरु गरिएको हो। उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम दिपायलले जनाएको छ । यतिमात्र नभई उक्त सेवाबाट टिभीसमेत चलाउन मिल्ने बनाइएको छ ।

यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गरिएको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकमले एफटिटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए। उनका अनुसार एफटिटीएच सेवाअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याकमा आठ हजारमा उपलब्ध शुल्क लाग्ने भएको छ भने २० एमबीपीएसको प्याकमा १२ हजार लाग्ने छ। हाल एफटिटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सिपीइ) र एकसय मिटर फाइबर केवल तार निःशुल्क प्राप्त गरिरहेका छन्। एफटिटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकम दिपायल राजपुरका प्रमुख केशवराज भट्टले बताए।

‘यो नेट प्रविधि तारको सट्टामा घरसम्म अप्टिकल फाइवर पु¥याई ट्रिपलप्ले सेवा दिने भएकाले राम्रो छ र इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटोछरितो छ,’ उनँले भने ‘उच्च गतिको भाइवरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ।’ पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटिटीएच सेवा लिनसक्ने र यो आइपीमा आधारित सेवा भएको दिपायल राजपुर टेलिकमका प्राविधिक मुकेश रावलले जानकारी दिए। हाल जिल्लामा जडान गरिएका दुईवटा एफडिसी (फाइवर डिष्ट्रिब्युसन क्याबिनेट) को एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता रहेको र यसमध्ये ७ सय ६८ लाइन तत्काल वितरण गर्न सकिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

यसैगरी जिल्लामा थप सात वटा एफडीसी जडान गरी ग्रामीण तथा घना बस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने टेलिकमको योजना छ। यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भएपनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटीएच सेवा सञ्चालन हुने टेलिकम राजपुरले जनाएको छ। डोटीमा यो सेवा विस्तार भएपछि डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरामा पनि विस्तार गरिने टेलिकमको योजना रहेको प्रमुख भट्ट बताए। ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टिभी सेवा सञ्चालन हुने भएकाले जिल्लामा अहिले यो सेवा लिने ग्राहकको संख्या बढेको उनको भनाई छ।

उच्च गतिबाट इन्टरनेट चलिरहेकाले यो सेवा लिएका ग्राहक खुशी भएपनि भनेअनुसार द्रुतगतिको नभएको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताए। उता नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले भने कहिलेकाहीँ सरवर ह्याङ भएकाबेला नेटको गति कम भएको हुनसक्ने भएकाले ग्राहकले आफ्नो राउटर रिसेर्ट वा पावर बटन अन अफ गरेर द्रुत सेवा लिन सकिने बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।