कञ्चनपुर- बेदकोट नगरपालिकामा प्रहरीले जिपमा लुकाइछिपाई ल्याउदै गरेको काठसहित २ जनालाई नियन्त्रणमा लिएको छ।



प्रहरीले बेदकोट नगरपालिका ७ बसन्तपुरबाट म १ च ३०१ नम्बर सेतो बलेरो जिपमा लुकाइछिपाई ल्याउदै गरेको काठ सहित बेदकोट ५ का २५ वर्षीय घनश्याम पन्त र शुक्लाफाँटा ८ का २२ वर्षीय मोहन बोहरालाई नियन्त्रणमा लिएको हो।
उनीहरुको साथबाट १५ थान सालको जस्तो देखिने १ ईन्च लम्बाई, ३ ईन्च उचाई र ४ ईन्च चौडाई भएको काठ बरामद गरिएको छ।
प्रहरीले नियन्त्रणमा लिइएको काठ, जिप गरी बाह्र लाख तिस हजार बराबरका समानहरु र मानिस आवश्यक कारवाहिका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाएको छ।
Views: 163


















