२०८३ मंसिर १४ आईतवार
२०८३ मंसिर १४ आईतवार

१९ जना जुवाडे कन्चनपुरबाट पक्राउ, २ लाख ४४ हजार बरामद

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बाट प्रहरीले बिहीबार राती १९ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कैलालीको गोदावरीका सात जनासहित १९ जनालाई पक्राउ गरेको हो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ मा रहेको डबल बहादुर ऐरको खाजा घरभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए। 

उनीहरुलाई दुई लाख ४४ हजार एक सय ८० रुपैया नगदसहित पक्राउ गरिएको थापाले जानकारी दिए। उनका अनुसार एकेन्द्र सुनार, गगन बहादुर ऐर, बालकृष्ण राना, जयबहादुर ऐर, सुवर्ण विष्ट, हरिश जोशी, विक्रम भण्डारी, मिन ठकुल्ला, विनोद विष्ट, ज्ञानु ऐर र मिन बहादुर गुरुङलाई पक्राउ गरिएको छ। 

यस्तै प्रकाश वोहरा, घनश्याम खत्री, गोविन्द पाण्डेय, नरेश रोकाया, सुरज वुढा, भुपेन्द्र पाण्डे, विक्रम सिंह र विष्णु भट्टलाई पनि पक्राउ गरिएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।