२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

दार्चुलाको होटलमा प्रहरीका सई मृत फेला

दार्चुला– दार्चुलामा एक जना नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन्। प्रहरी नायव निरिक्षक धु्रब रावल मृत फेला परेका हुन्। शुक्रबार बिहान ४ बजे होटलकै शौचालयमा लडेको अवस्था भेटिएका उनलाई जिल्ला अस्पताल पुगाउँदा डाक्टरले मृत घोषणा गरेका थिए। 

सदरमुकाम बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेटिएका थिए। घटनाबारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा रावलको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले बताए। रावल दल्लेख प्रहरी चौकीबाट सरुवा भएर इलाका प्रहरी कार्यालय हुती सरुवा भएका थिए। 

अछाम घर भएका मृतक सईका दुई छोरा र एक श्रीमती धनगढी बस्दै आएका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।