२०८३ कार्तिक २२ शनिबार
२०८३ कार्तिक २२ शनिबार

आज पनि मौसम प्रभावित, यी ठाउँमा धेरै पानी पर्ने

काठमाडौं। देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, २ बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र २ का थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १, २ र बागमतीका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

नेपालमा मनसुनको बहिर्गमन सामान्यतया २३ सेप्टेम्बरसम्म रहेपनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै छ। भारतको मध्य प्रदेशमा रहेको न्यून चापीय ९वर्षा गराउने प्रणाली० क्षेत्र पश्चिम(उत्तर(पश्चिम तर्फ सर्ने क्रममा रहेकोले नेपालको मौसममा असर परेको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।