२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले बुझायाे मागपत्र

कैलाली – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
सेतिमहाकाली संगठनले
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद
सुदुरपश्चिम प्रदेश कार्यालय , धनगढी लाई माग पत्र बुझाएकाे छ । माग पत्रमा लेखिएकाे छ – अखिल (क्रान्तिकारी) शैक्षिक क्षेत्रको आमूल रुपान्तरणका लागि निरन्तर संघर्षरत रहेको छ। हाम्रो सङ्गठनको तर्फबाट विद्यार्थीहरु सङ्ग संबंधित मागहरु बारे ज्ञापनपत्र पेश गर्दछौं। यस सन्दर्भमा यथाशीघ्र गम्भीर छलफल गरि पहलकदमी लिन आग्रह गर्दछौं। अन्यथा संघर्षमा जाने कुरा जानकारी गराउदछौं।
१) कोरोना महामारीको कारण सिटिईभिटी ले यस वर्ष प्रवेश परीक्षा नहुने गरि GPA का आधारमा भर्ना आवेदनको सुचना जारी गरेको छ। यस प्रक्रियामा सरकारी विद्यालयका विद्यार्थीहरु भर्ना बाट वन्चित हुने देखिएकोले सरकारी विद्यालयका ८०% विद्यार्थी र निजि विद्यालयका २०% विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गर्दछौं।
२) CTEVT मा हाल कायम रहेको छात्रवृत्ति भन्दा दोब्बर वृद्धि गरि वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाई पारदर्शी ढंगले लागु गर्न माग गर्दछौं। साथै यस वर्ष छात्रवृत्तिका लागि कक्षा ०८ को प्रमाणपत्र लाई पनि आधारमा मान्ने निर्णय गरिएको छ। उक्त निर्णय अवैज्ञानिक हुँदा खारेज गर्न माग गर्दछौं।
३) यस वर्ष देखि खारेज गरिएको प्रि-डिप्लोमा अन्तर्गतको स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको स्तर वृद्धि गरेर लागू गर्न माग गर्दछौं।
४)प्रि-डिप्लोमा र डिप्लोमा तहको अहिले जारी भर्ना आवेदन सुचनाको समयसीमा कम हुँदा समयावधि केहि दिन बढाउन माग गर्दछौं।
५) सरकारी विद्यालयमा संचालित प्रि-डिप्लोमा र डिप्लोमा तहका कार्यक्रमहरुको शुल्कमा एकरुपता कायम गर्न, विभिन्न नाममा लिईने चर्को शुल्क खारेज गर्न, शैक्षिक पुर्वाधार बिना संचालित प्राविधिक कार्यक्रम बारे कडाईपुर्वक अनुगमन गरि आवश्यक कामहरूको कार्यान्वयन गराउन माग गर्दछौं।
६) सरकारी विद्यालयहरुमा चलिरहेका कार्यक्रमहरुमा प्र.अ. र व्यवस्थापन समिती अध्यक्षहरुले मनोमानी गर्दै चर्को शुल्क लगाई आर्थिक अपचलन गर्ने देखिएकोले यसलाई कडाईपुर्वक नियन्त्रण गर्न माग गर्दछौं।
७) सिटिईभिटी बाट मान्यता प्राप्त स्तर-०१ , स्तर-०२ [निश्चित घण्टामा ] आधारित तालिमहरुमा विद्यार्थीहरु लाई भ्रम छर्दै प्रि-डिप्लोमा र डिप्लोमा तहकै शुल्क लिईदै आईएको छ। यस्ता संस्थाहरु लाई कडा कार्वाही गर्न माग गर्दछौं।
८) रोकिएका परिक्षाहरु विभिन्न वैकल्पिक माध्यम द्वारा संचालनको वातावरण तयार गर्न माग गर्दछौं।
९) विभिन्न वैकल्पिक माध्यम द्वारा पठनपाठन संचालन गर्न माग गर्दछौं।
१०) बन्दाबन्दी अवधिको शिक्षण सिकाई शुल्क नलिन र लिईएको भए फिर्ता गर्न माग गर्दछौं अखिल क्रान्तिकारी सेति महाकाली
संयाेजक विरेन्द्र शाह द्वारा हस्ताक्षरित पत्रमा लेखिएकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।