सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप २४ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ४९ जनाको कोरोना परीक्षण भएकोमा थप २४ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा सबै कैलालीका रहेका सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।



धनगढी ११ का १० जना, धनगढी २ का चार जना, धनगढी १२का तीन,कैलालीको लम्कीचुहाका ४ जना, जानकीका २ जना र कैलालीको गोदावरीका एक जनामा कोरोना पुष्टी भएको सुचना अधिकारी श्रेष्ठले बताए ।
Views: 146

























