कोरोना भाईरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो। उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए।



गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो। उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए।
यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको बताइएको छ।
Views: 140

























