सुदूरपश्चिममा हाल सम्म ५हजार ७ सय ८१ जनाले कोरोना जितेका छन् । बुधबार थप १४ जनाले कोरोना जितेका छन् ।



नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार कञ्चनपुरका १२ र बैतडीका दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।
सुदूरपश्चिममा संक्रिय संक्रमीतको संख्या सबै भन्दा धेरै कैलालीमा ५सय १०,डोटीमा १३०, अछाममा १००, बझाङमा ८९, बैतडीमा ६९, कञ्चनपुरमा ६७, दार्चुलामा ३१, डडेलधुरा १६ र भन्दा कम बाजुरामा नौं जना रहेको छन् । यो संगै प्रदेशमा संक्रिय संक्रमीतको संख्या ९९१ रहेको छ ।
Views: 119

























