सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट ५ हजार ७ सय ६७ संक्रमितले कोरोना जितेका छन ।



प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सोमवार सेति प्रादेशिक अस्पतालबाट ४, डोटीका ५, कनचनपुरका ३ र अछामका ४ जना गरी १६ जना डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।
यस्तै प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ९ सय २६ पुगेको छ । निर्देशनालयका अनुसार कैलालीमा ४ सय ७५, डोटीमा १ सय १३, अछाममा ७४, बझाङमा ८९ र कञ्चनपुरमा ४८ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
यस्तै बैतडीमा ७१, डडेल्धुरामा १६, बाजुरामा ९ र दार्चुलामा ३१ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
Views: 132

























