२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सुदूरपश्चिममा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा र बैतडी अस्पतालको प्रयोगशालामा गरि थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८७ नमुना परीक्षण गर्दा १७ जनाको रिपोट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
धनगढीका ५,गोदावरीका २ र चुरेका २ गरी कैलालीका ९ जना,शुक्लाफाटाका ३ र पुनर्वासका ३ गरी कञ्चनपुरका ६ जना,अछाम मल्लेखका ६ जना र ठेगाना नखुलेका १ जना गरी १७ जना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा गरीएको ८३ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएका जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर जङ्ग सिंहले जानकारी दिए ।
सङ्क्रमण पुष्टि हुनेमा बैतडीको दशरथ चन्द नगरपालिकाका एक जना, दोगडा केदार गाउँपालिकाका एक जना र दार्चुला टेलिकमका एक जना कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५५ जनाको कोरोना रिपोट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा १ सय ५५ जनाको परीक्षण गरिएकोमा सर्वैको रिपोट नेगेटिभ आएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए । यस्तै उता जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा पनि सबैको रिपोट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ६८ नमुना परीक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको अस्पतालका मोलेकुलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठले बताए ।

यो संगं सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ९ सय २२ पुगेको छ । संक्रमण पुष्टि भएका ५ हजार ७ सय ६७ जनाले कोरोना जितेरको मन्त्रालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।