२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

बाजुरामा मदिरा सेवन गर्नेलाई ५ हजार जरिवाना

बाजुराको बुढीगंगा नगरपालिका क्षेत्रभित्र मदिरा सेवन गरेको भेटिएमा ५ हजार जरिवाना तिनुपर्ने व्यवस्था रहेको छ। यस्तै नगरपालिका भित्र मदिरा बिक्रि गर्नेलाई १५ हजार जरिवाना गराउने गरेको नगरप्रमुख दिपक बिक्रम शाहले बताए।

आर्थिक वर्ष ०७५र०७६ बाट नगरपालिकाले पूर्णरुपमा मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो। नगरसभाबाट पास गरेर मदिरा पूर्णरुपमा बन्द गर्ने, सेवन गर्ने र बिक्रि गर्नेलाई कारवाही गर्ने निर्णय गरेको थियो। मदिराका कारणले समाजमा विभिन्न खाले हिंसाका घटनाहरु, झै–झगडा बढ्ने, अपराधिक क्रियाकलाप बढ्ने भएकाले मदिरा बन्द गरेको नगरप्रमुख शाहले बताएका छन्।

गत असार महिनासम्म मदिरा सेवन गर्ने ७२ जना र बिक्रि गर्ने ७ जनालाई जरिवाना गरेको नगरपालिकाले जनाएको छ। जरिवानाबाट २ लाख ४८ हजार ५ सय राजस्व संकलन भएको नगरपालिकाको स्टोर शाखाका कर्मचारी बसन्त थापाले बताएका छन्। यस्तै अहिलेसम्म १५ लाख मुल्य भन्दा बढिको मदिरा जफत गरेर नष्ट गरेको नगरपालिकाले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।