२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

शैक्षिक संस्था सञ्चालन गर्न सयुक्त विद्यार्थी संगठनकाे माग ।

डडेल्धुरा – डडेल्धुराका विद्यार्थी संगठनले शैक्षिक संस्था सञ्चालन गर्न माग गरेका छन्। संगठनहरुले आवश्यक उच्च्च स्वास्थ्य सर्तकता अपनाउदै शैक्षिक संस्था सञ्चालन गरेर पठनपाठन सुरु गर्न आग्रह गरेका हुन। 

मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका संयोजक सन्तोष भट्ट, नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति हरिष महरा, अखिल छैठौंका अध्यक्ष टंक अवस्थी, प्राज्ञिक विद्यार्थी संगठनका प्रतिनिधी प्रदिप भट्ट र अखिल (क्रान्तिकारी)का अध्यक्ष शंकर खातीले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था सञ्चालन गर्नुपर्नेसहित ६ बुँदे माग राखेका छन्।  

विद्यार्थी संगठनहरुले आफ्ना मागसहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र समेत बुझाएका छन्।

उनीहरुले शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने, बृद्धि भएको भाडादर खारेज गरी पुरानै कायम गर्नुपर्ने तथा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनुपर्ने,  निजी औषधि पसलले लिइरहेको चर्को शुल्कबारे कारवाही गर्नुपर्ने, स्थानीय तहमा भइरहेका खेलकुद कार्यक्रम बन्द गर्नुपर्ने, अवैध मदिरा बिक्रि वितरण बन्द गर्नुपर्ने र विद्यार्थी तथा मजदुरलाई स्थानीय तहले राहत प्याकेजको व्यवस्था गर्नुपर्ने माग राखेका हुन। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।