२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

बैतडीमा मृत चितुवा फेला

बैतडी – बैतडीको पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मृत फेला परेको छ। करिब सात वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीका अनुसार चितुवा एक साताअघि नै मरेको हो।

उनले भने, ‘एक साताअघि नै पासोमा परेर घाइते भएको चितुवा मरेको हुनसक्छ।’ मृत बाघलाई वन कार्यालयमा ल्याएर मुचुल्का गरी गाड्ने पराजुलीले बताए। यस्तै, सिगास गाउँपालिका–२ गाँजरीमा एक चितुवालाई स्थानीयले घेरेर राखेका छन्।

स्थानीयले चितुवालाई घेरेको खबर पाएपछि प्रहरी र वन कार्यालयको टोली गएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए। चितुवालाई नियन्त्रणमा लिन सम्भव नभएकोले जंगलतर्फ नै धपाइने डिभिजनल वन अधिकृत पराजुलीले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।