२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

सुदूरपश्चिमका ५७५१ जनाले जिते कोरोना

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सोमवार कैलालीका चार र डोटीका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै प्रदेशमा पाँच हजार सात सय ५१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ८३ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका नौँ सय २९, अछामका नौँ सय १२ र कञ्चनपुरका सात सय नौँ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८८, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार नौँ सय दुई पुगेको छ। उनीहरु मध्ये १५ जनाको मृत्यु भईसकेको छ। 

सबैभन्दा बढि कैलालीमा दुई हजार एक सय १०, डोटीका एक हजार ५०, अछामका नौँ सय ९४, कञ्चनपुरका सात सय ७५, बाजुरका ६ सय ३०, बझाङका पाँच सय १९, बैतडीका तीन सय ८९, डडेल्धुराका तीन सय ४८ र दार्चुलाका ८७ जनामा संक्रमण पुष्टि भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।