२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

कञ्चनपुरका विभिन्न क्षेत्रमा हात्ती आतंक सुरु

कञ्चनपुर   केहि दिनयता कञ्चनपुरका विभिन्न क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ। किसानको धानबाली भित्र्याउने समयमा भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट नेपाल छिरेको हात्तिको झुण्डले धानवाली सखापै पारेको छ।

कञ्चनपुरको पुनर्वास, लालझाडी, शुक्लाफाटा, वेलडाँडी भिमदत्त र महाकाली लगायत स्थानीयतहका विभिन्न क्षेत्रमा दिनहु जसो हातीले सताउने गरेको स्थानीयले बताएका छन। भारतबाट आउने मौषमी हात्तीले स्थानीय बासिन्दाको निन्द्रा नै भगं गरेको छ। कञ्चनपुरको दक्षिणी क्षेत्रमा पछिल्लो तिनचार वर्ष यता तिन जनाले ज्यान गुमाइसकेका छन भने खाद्यन्न वाली संगै भौतीक संरचनाहरुमा पनी क्षती पुगेको छ।

पुनर्वासमा भने यस वर्ष हात्ती एक पटक मात्रै देखिएको र पछिल्लो समय विद्युतीय तारवार भएको क्षेत्रमा आउन नसकेको पुनर्वास ९ का वडाध्यक्ष नारायण जैशीले वताए। उनले ख गाउँ, विचफाँटा क्षेत्र बाहेक दोदा नदीको किनार हुदै डोकेवजार क्षेत्रमा पनी तारवार गर्नुपर्नेमा जोड दिए। 

खाद्य अधिकार संग सरोकार राख्ने संस्था फियान नेपालले सो क्षेत्रमा खाद्य अधिकारका सवाललाई लिएर पैरवी गरीरहेको छ। खाद्य अधिकारवाट प्रभावित समुदायको निरन्तर माग र पुनर्वास नगरपालीकाको पहलमा जंगली जनावरवाट अति प्रभावित क्षेत्रमा विद्युतीय तथा सोलार तारवार गरीएको खाद्य अधिकार प्रवद्र्धक श्याम परियारले वताए। 

नेपालको संविधान २०७२ को धारा ३६ मा खाद्य अधिकारलाई मौलिक हकको रुपमा  स्थापीत गरीएको छ साथै सो हकलाई कार्यान्वयन गर्नका लागी खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ जारी भैसकेको छ।

संवैधानीक तथा कानुनी ब्यवस्थाको उचित कार्यानवयन नभएका कारण अझै पनी कयौँ नागरीक खाद्य अधिकारवाट वन्चित हुनु परेको फियान नेपालका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द रानाले वताए।

बाच्न पाउने हक संग सम्वन्धित खाद्य अधिकार सुनिस्चित गर्नु राज्यको दायीत्व हो। किनकी यो मानव अधिकार संग सम्वन्धित छ। साथै आम नागरीकहरुले पनी आफ्नो कर्तब्य निर्वाह गर्नुपर्नेमा फियान नेपालका कानुन तथा क्षमता विकास अधिकृत रानाले जोड दिए।a

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।