कञ्चनपुर – कञ्चनपुर काे शुक्लाफ़ाटा नगरपालिका झलारीमा सृजनशील समाज झलारीले स्थानीय सरकारको जवाफदेही संयन्त्र सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सृजनशील समाज झलारीको आयोजना तथा सहकर्मी समाज सुर्खेतको सहजीकरण एवं शुक्लाफ़ाटा नगरपालिकाको संयोजनमा सोमबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा सृजनशील समाज झलारीका अध्यक्ष तथा कार्यक्रमका सभापति कल्पना पन्तको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा शुक्लाफ़ाटा नगरपालिकाका उप प्रमुख तुलसी हमाल प्रमुख अतिथि रहनु भएको थियो। अन्तरक्रिया कार्यक्रममा बिशिस्ट अतिथि शुक्लाफ़ाटा नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत विशनसिंह थापा र सहकर्मी समाज सुर्खेतका कार्यकारी निर्देशक अमर बहादुर ऐर,नगर प्रबक्ता जगत बहादुर सिंह रहनुभएको थियो भने अतिथिहरुमा नगरपालिकाका वडा अध्यक्षहरु,वडा सदस्य तथा कार्यपालिका सदस्यहरु,सहकर्मी समाजका पदाधिकारीहरु,शुक्लाफ़ाटा नगरपालिकाका बिभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य सृजनशील समाज झलारीका सचिब अमर भण्डारीले राखेका थिए। स्थानीय सरकारले जनता प्रतिको गर्नुपर्ने जवाफदेहिता तथा गर्दै आएको जवाफदेहिताका बारेमा अन्तरक्रिया गरिएको थियो।




























