२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

आङरिता शेर्पाको निधन, अन्तिम संस्कार भने एक/दुई दिनमा गरिने ।

काठमाण्डाै – हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ।
७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो।

पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो। अन्तिम संस्कार भने एक/दुई दिनमा गरिने उनले जानकारी दिए।

शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए। त्यसै कारण उनलाई हिउँ चितुवाको नामले चिनिने गरिएको हो। उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।