बिरजित बोहरा – कैलालीको चुरे गाउपालिका ६ गिथडामा रहेको चुचुरो राता पैरा पर्यटकिय गन्तव्यबाट ओझेल परेको छ ।



एउटा पर्यटकिय गन्तव्यका लागि अति नै सुन्दर र धार्मिक रूपबाट पनि एक पबित्र क्षेत्र रातो पैरा कैलाली जिल्ला चुरे गाउँ पालीको वडा नं ६ गिथडा गाउँ नजिकै एउटा जंगलको बिचमा चारैतिर ठूलो पहिरो र बिचमा झन्डै १५० फिट अग्लो माटोको चुचुरो रहेको छ ।
यो सुदुरपश्चिमान्चल बिकाश क्षेत्रको मुख्य केन्द्र बिन्दु अत्तरिया बजारबाट झन्डै ६० किलो मिटरको दुरिमा चुरे गाउँ पालीकामा पर्दछ । चुरे ६, फल्टुडे बजार बाट झन्डै १० किमि को दुरिमा गिथडा गाउँको नजिकैको जंगल बिचमा चुचुरोलाई अबस्थित रहेको छ।
यो कैयौ पुस्तादेखि जस्ताको तेस्तै सुरक्षित रहेको छ । यस चुचुरो लाई नत भुकम्प न पहिरो न पानी ले असर गरूको पाईदै यसको आकार एकदमै स्थिर रहेको छ।

त्यो क्षेत्रका स्थानिय बासिन्दाहरूले यसमा ठूलो दैबिय शक्ति भएको ठोकुवा गरेका छन् ।
यो पर्यटकिय र सुन्दरताको भरपुर मनोरन्जन लिन पाइने यो क्षेत्र भएकाले प्रचार प्रसारको कमि भएकोले यो अहिले सम्म त्येती धेरै चर्चामा आयको छैन ।

त्यसैल यस धार्मिक एवं पर्यटकिय क्षेत्रको प्रचार प्रसार देखि भौतिक संरचना यसको अझै चर्चित पर्यटकीय क्षेत्र बनाउनका लागि यहाको स्थानीय सरकाले पनि बिशेष चिन्तन गर्न अति आवश्यक देखिन्छ।

























