डडेल्धुरा – आलिताल सालको वन फडानीमा संलग्न लाई धरौटी बुझाई तारेखमा रिहा गरिएको छ । आलिताल गाउपालिका–८ गोदाम, डोला, चिरान गाउ चक्रपथ निर्माण क्रममा अवैध रुपमा सालका रुख काटिएका थिए ।



गोलिया बनाई लुकाई छिपाई राखेको अवस्थामा सालको काठ बरामत गरिएको छ । वन फडानीमा संलग्न निर्माण कम्पनी उग्रतारा कन्ट्रक्सन र अन्य सात जना लाई डडेल्धुरा जिल्ला अदालतले आठ लाख ६९ हजार धरौतीमा बुझाई तारेखमा रिहा गरेको हो ।
गत भदौ ३१ गते भएको थुनचेक बहस र अधिवक्ताहरुको बहस पछि धरौटी बुझाई तारेखमा उनिहरु लाई रिहा गरिएको अदालतले जनायो ।
काठ कटानमा संलग्न मानसिंह घर्तिमगर, पदम बहादुर थापामगर, बिरेन्द्र बहादुर शाही लाई दुई/दुई लाख महोन बहादुर कठायत, गोपाल सिंह धामी लाई एक/एक लाख शर्मानन्द जोशी ५९ हजार र श्याम दाश लाई १० हजार धरौती बुझाई तारेखमा रिहा गरेको डडेल्धुरा अदालतले जनाएको छ ।

























