२०८१ आश्विन १ मंगलवार
२०८१ आश्विन १ मंगलवार

सुदूरपश्चिममा रोपाइँ समयमै सकिँदै

धगगढी, ३ असोज । सुदूरपश्चिम प्रदेशमा गत असार महिनासम्म ९१ दशमलब ५९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। यस वर्ष रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि रोपाइँ पनि समयमै सकिन लागेको क्षेत्रीय कृषि विकास निर्देशनालयले दीपायलले जनाएको छ। ‘‘पाखो जग्गामा बाहेक सवै जग्गामा धान रोपाइँ सकिएको छ,  निर्देशक यज्ञराज जोशीले भने, समयमै वर्षा हुँदा रोपाइँ गर्न पनि किसानलाई सहज भएको छ।‘‘

प्रदेशमा गतजेठदेखि असार महिनासम्म अन्य प्रदेशको तुलनामा  कम वर्षा भएको छ। निर्देशनालयका अनुसार गत असार २८गतेसम्म प्रदेशको तराईको जिल्ला कैलालीमा रोपाइँ गरिने जग्गामध्ये ९३ दशमलब पाँच  र कञ्चनपुरमा ९६ दशमलब पाँच प्रतिशत जग्गामा रोपाइँ सम्पन्न भएको छ। यसैगरी पहाडी जिल्ला डोटीमा ८२, अछाममा ८५, बाजुरामा ८०, बझाङमा ८५, बैतडीमा ९०, दार्चुलामा ८८ र डडेलधुरामा ९० प्रतिशत क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको छ।

प्रदेशममा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ गर्ने गरिएको छ । सबैभन्दा बढी कैलालीमा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ। पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको छ। कोभिड—१९का कारण विदेशवाट घर फर्किनेहरु बढ्दा पहाडी जिल्लामा यस वर्ष रोपाइँ गर्न जनशक्तिको अभाव  नभएको कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले जानकारी दिए। 

पुग्नेगरी वर्षा भएको र लकडाउनका कारण परिवारका सबै सदस्यले घरमै बस्नु पर्दा रोपाइँ गर्न पनि सहज भएको धनगढी उपमहानगरपालिका—१३का मोहनराज पाण्डेयले बताए। गत वर्ष असार महिनासम्म प्रदेशमा ६८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो। प्रदेशमा अधिकांश क्षेत्रफलको जग्गामा आकासे पानीको भरमा रोपाइँ हुने गरेको छ। प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्ष भरी सिँचाई हुने गरेकोमा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ।

यसैबीच रोपाइँ गरिएको खेतमा रसायनिक मल युरिया छर्ने समय भइसकेको भएपनि   मलको अभाव हुँदा समस्या भएको कृषकले बताएका छन्। सीमा नाकावाट विगतका वर्षमा भारतवाट भित्रिने रसायनिक मल यस वर्ष भित्रिन नपाएको कारण माग पनि बढ्न गई अभाव देखिएको छ। रासस   

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।